Logo

साउथ चाइना सीमा चीन र अमेरिकाबीच द्वन्द्वको अवस्था



एजेन्सी २७ जेठ । साउथ चाइना सीमा चीन र अमेरिका बीच द्वन्द्वको अवस्था देखिएको छ । इन्डोनेसिया र मलेसियाका कारण दूवै देशबीच पुनः उक्त क्षेत्रमा समस्या सिर्जना भएको हो ।

मलेसियन आधिकारिक ड्रिल जहाजहरु पानीमा स्रोत खोजी रहेको अवस्थामा माहोल तातेको चीनले दाबी गरेको हो । उक्त क्षेत्रमा मेलेसियायी जल सेनालाई अमेरिकी युद्वपोतले सम्र्थन गरेको थियो । उक्त क्षेत्रमा मलेसिया अमेरिकाको संयुक्त अभ्यासमा ड्रिल सञ्चालन गरिएको थियो ।

मलेसियाद्वारा गरिएको गतिविधि सामान्य रहेका चीनले अभिव्यक्ति दिएको थियो । तर, चीनले दाबी गरिरहेका क्षेत्रमा सोत्रको खाजी गर्ने जाने क्रममा विगत देखिनै चीनले आक्रमण गर्ने गर्दछ । चीनद्वारा बलपूर्वक कार्यनितीले मलेसिया र इन्डोनेसिया जस्ता राष्ट्रसंग द्वन्द्व सिर्जना हुने खतरा देखिएको छ । चीनले उक्त क्षेत्रमा निर्माण गरेको कृतिम सैन्य आधारमा आफ्नो गतिवित्रि तीब्र पारेको छ ।

विश्वकै प्रतिस्पर्धी क्षेत्र मानिएको साउथ चाइना सीमा चीन, भियतनाम, फिलिपिन्स, ब्रुनेई र ताइवान र इन्डोनेसियाको समेत उक्त क्षेत्रमा दाबी रहेको छ । चीनले सन् २०१५ देखि आफ्नो उपस्थितीलाई तीब्र पारेको छ । सम्पूर्ण कार्य माथि नजर राख्ने गर्दछ । चीन र इन्डोनेसियाले आफ्नो क्षेत्रबाट स्ट्याण्ड अफको उपस्थितीलाई तीब्रता दिएको छ ।

इन्डोनेसियाले आफ्नो सर्वश्रेष्ठ विमान एफ १६ समेतलाई खटाएको छ । गत अप्रिल महिनामा भियतनामको माछा मार्ने बोट चीनले उक्त क्षेत्रमा डुबाएको आरोप समेत लगाइएको थियो । उक्त क्षेत्र चीनले बारम्बार आफ्नो रहेको दाबी गर्दै आएको छ । चीनले आफ्नो क्षेत्र भनिरहेको साउथ भाइना सीमा सार्वभौमिकताका लागी सक्दौ प्रयास गरिने बुझिएको छ । उक्त क्षेत्रमा चीनद्वारा गरिएको गतिविधि प्रति उक्त देशहरुको घोर आपत्ति रहेको छ ।

विगत देखि साउथ भाइना सीमा अमेरिकाको सैन्य उपस्थिती समेत तीब्र भएको । अमेरिकाले मलेसियन नेभीलाई सहायता गरिरहेको खुलेको छ । चीन प्रति आक्रोशित अमेरिकाले सम्पूर्ण ठाउँबाट चीनलाई दबाउन र दबाब सिर्जना गर्न खोजेको छ । अमेरिकी उपस्थितीले उक्त क्षेत्रमा गर्माहट सिर्जना भएको छ । चीनले उक्त क्षेत्रमा आक्रामक भइ पेश भएको देखिन्छ । वरिपरि रहेका छिमेकी मुलुक समेतलाई नुक्सान हुने अनुमान गरिएको छ ।

अमेरिकाको उपस्थितीले चीनमा गर्माहट थपिएका हो । इन्डोनसिया, मलेसिया र फिलिपिन्ससंग चीनको व्यापार सम्बन्ध समेत राम्रो रहेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि यी मुलुकको चीनलाई आवश्यकता छ । चीनले उक्त क्षेत्रमा चालेको कदम निकै गम्भीरताका साथ लिइनेछ । चीनले पश्चिमी मुलुका कारण दक्षिणी पूर्वी एसियाका देशहरुसंग विवादास्पद नहुने सक्ने र सदभाव कायम राख्ने आशा गरिएको छ । अमेरिकाले अन्य देहलाई सहायता गर्न दाउले आफ्नो उपस्थितीलाई तीब्र पारेको छ । यस प्रति चीन निकै गम्भिर भएको छ । चीेनले उक्त क्षेत्रमा असर पूग्ने गरी प्रभावकारी कदम चाल्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्