काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विहान ११ बजे संसदमा सम्बोधन गर्देछन् ।सांसदहरुले उठाएका बिभिन्न विषय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन आज सम्बोधनको तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ । प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले हिजो संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।