धनुषा, जेठ २८ । धनुषामा प्रहरी हिरासतमा रहेका एक युवक शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्लास्थित सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रर्दशनमा उत्रिएका छन । मृतक मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी समेत थिए।
भीड नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । आक्रोसित स्थानियले इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरेको छ ।