एजेन्सी। २८ जेठ । महिनौँ देखि महामारीको रुप लिएको कोरोना भाइरस जटिल बन्दै गएको छ । उक्त भाइरसको संक्रमणबाट मृत्यु दिन प्रति दिन बड्दै गएको छ ।
भाइरसको नियन्त्रण र रोकथाम गर्न सम्पूूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । कोरोना भाइरसको अवस्था विश्वव्यापी रुपमा बिग्रिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर र अमेरिकाको कोरोना संक्रमण दर दर निरन्तर उकालो लागिरहेको छ । यसले भयावह स्थिती तीर लगीरहेको विश्व स्वास्थ्य संगठनले जनाइएको छ । अमेरिकामा जारी आन्दोलनले भाइरसलाई अत्यधिक हावा दिन सक्ने कारण आन्दोलन सुरक्षित रही घरबाट निस्किन जनमानसलाई डब्लूएचओले आग्रह समेत गरेको छ । भाइरसका कारण विश्वभर चार लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने ७० लाख भन्दा बढी संक्रमित भएका छन् ।
उक्त भाइरसले समय समयमा फरकफरक केन्दंबिन्दू पार्दै संक्रमणको अवस्था भयावह बनाएको छ । संक्रमण विश्वभर फैलिइरहेपनि यूरोपमा अवस्था सुधार उन्मुख देखिएको जनाइएको छ । विगत १० दिनमा एक लाख भन्दा बढी केसहरु दर्ता भएको छ । त्यसमध्ये अमेरिका र दक्षिण एसियामा संक्रमण अत्यधिक रहको जनाइएको छ ।
विश्वमा अधिकांश मानिसहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको कारण उनीहरुलाई आत्मसन्तिष्टिको कमी भइ खतरा देखिएको छ । अमेरिकामा भइरहेको प्रदर्शनले भाइरसका जोखिमलाई पुर्नत्थान गर्न मद्दत पुर्याउन सक्ने छ । यस्तो प्रकारको महामारीको शिकार विश्व पहिले समेत भइसकेको डब्लूएचओका प्रमुखले बताएका छन् । प्रदर्शन गर्ने क्रममा समेत एक मिटरकको दूरी कायम गरी आन्दोलनमा सहभागी हुन डब्लूएचओको आग्रह रहेको छ । विरामी रहेका अवस्थामा घरमै बसी सुरक्षत हुनु आग्रह गरेका छन् । उक्त मानिसहरुलाई भीडभाडमा नजान डब्लूएचओले सुझाएको छ । विश्व स्वास्थ्य संगठनले कन्टया्क्ट ट्रसिङमा जोड दिएको जनाइएको छ । डब्लूएचओले एक सय १० देशहरुमा स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । १२९ देशहरुमा पीपीई पुर्याउन स्वास्थ्य निकायको लक्ष्य रहेका जनाइएको छ ।