काठमाडौं, २८ जेठ । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै आजपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन भएको छ । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले कोरोनाथ रोकथाम तथा नियन्त्रणको लागि सरकारले दश अर्ब खर्च गरेको भनेपनि त्यो पैसा कहाँ खर्च भयो ? भनेर सोधेका छन् ।
विभिन्न नारासहितका प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको छ । उनीहरुले बोकेको प्लेकार्डमा अब सरकारलाई पनि स्यानिटाईज गर्नुपर्ने लेखिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम