काठमाडौं, २८ जेठ । सांसद सरिता गिरीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । गिरीकै पार्टीले समेत तत्काल उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
गिरीले संशोधन प्रस्ताव दर्ता गराएलगत्तै पार्टीको तर्फबाट प्रमुख सचेतक उमाशंकर अरगरियाले तत्काल प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । गिरीले पार्टीलाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन अरगरियाले लिखित निर्देशन दिएका छन् । यदि प्रस्ताव फिर्ता नभए पार्टीका तर्फबाट कारबाही गर्ने पनि उनले जनाएका छन् ।