Logo

लकडाउन सहजीकरण गर्न मन्त्रिपरिषद बैठक जारी



काठमाडौं, २८ जेठ । लकडाउन सहजीकरण गर्नको लागि महत्वपूर्ण निर्णय लिनेगरि बसेको मन्त्रिपरिषद बैठक जारी छ । मन्त्रिपरिषद बैठक बस्नुअघि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकले लकडाउन सहजीकरण गर्नेलगायतका महत्वपूर्ण निर्णय लिने संकेत गरिसकेका छन् ।

उनले कोरोना परीक्षणको दायरा पनि बढाउने र निजी क्षेत्रलाई समेत परीक्षण अनुमति दिनेबारे आजको बैठकले निर्णय गर्ने जनाएका थिए । तस्विर ः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा



प्रतिक्रिया दिनुहोस्