काठमाडौं, २९ जेठ । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज गरेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार विरोधमा उत्रिएकाहरुलाई प्रहरीले धरपकड गरेको थियो । उनीहरुमाथि पानीको फोहोरा प्रहार गरिएको थियो ।
उनीहरुले सरकारलाई दश अर्ब पैसा के मा खर्च भयो ? कर केका लागि ? जस्ता प्रश्न गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा हरेक चीजमा भ्रष्टाचार, हाम्रो नेपाल हाम्रो शान, हरेक चीजमा अनुदान, शक्तिमा भएका मानिहरुभन्दा मानिसको शक्ति बलियो, जनता भोकै सिममा, सरकार व्यस्त गफ दिनमा लगायतका नारा थिए ।
त्यस्तै, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने उनीहरुको मुख्य माग छ । कोरानो रोकथाम तथा नियन्त्रणको लागि सरकार उदासिन भएको उनीहरुको गम्भिर आरोप छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम