२९ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्याम्बोडिली प्रधानमन्त्रीबीच बुधबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । बुधबार साँझ उहाँहरुबीच फोन वार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले क्याम्बोडियाली प्रधानमन्त्री समडेक अक्का मोह सेना पदेइ टेचो हुन सेनसँग फोनमा कुराकानी गर्नुभएको र त्यस क्रममा दुई देशबीचको आपसी सहयोग र सम्बन्धका बारेमा छलफल भएको थियो ।
उहाँहरुबीच दुई देशबीचका आपसी कूटनीतिक सम्बन्धका साथै हाल विश्वव्यापी रुपमा देखिएको कोभिड १९ महामारीका विषयमा कुराकानी भएको थियो ।यस महामारीबाट भारत पनि हाल विश्वकै सबैभन्दा धेरै प्रभावित हुने देशको सूचीमा परेको छ । विश्वमा यस कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी संक्रमित हुने देशहरुमध्ये भारत छैटौँ स्थानमा पर्दछ ।
त्यसैले उहाँहरुबीचको कुराकानी यो महामारीबाट बच्नका लागि आ–आफ्ना देशले गरिरहेका कार्यहरुका साथै आगामी दिनमा पनि यो महामारीको नियन्त्रण र रोकथामका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा नै बढी केन्द्रित रहेको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री मोदीको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा सो वार्ताका क्रममा उहाँहरुबीच आपसी हित र सहयोगका साथै हाल देखा परेको यस महामारीका विरुद्धमा पनि के कसरी आपसमा मिलेर अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।
उहाँहरुबीच भारत र क्याम्बोडियाबीचको मेकङ –गंगा कोअपरेसनको प्रारुपमा रहेर एक अर्का देशमा के कसरी सहयोगको आदान प्रदान गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।एएनआई