एजेन्सी, २९ जेठ । चिनियाँ कम्पनी कमरसियल एयरक्राफ्ट करपोरसन अफ चाइनासँग चिनियाँ क्यारियर चाइना एक्सप्रसले विमान किन्ने सम्झौता गरेको छ । स्वेदशमा उत्पादन भइरहेको सय वटा विमान चाइना एक्सपे्रसले उक्त कम्पनी सित किन्न सम्झौता बुधबार कायम गरेको हो ।
एआरजे २१, जेटलाइनर, सी ९१९ जस्ता विभिन्न प्रकारका १०० वटा विमानहरु चाइना एक्सप्रसले किन्ने भएको छ । उक्त विमानहरुलाई चीनको ड्रिम प्रोजक्ट वेल्ट एण्ड रोड इनिसिएटिभमा सहयोग पुर्याउने जनाइएको छ । अफ्रिकी मुलुहरुको सहायता गर्न समेत विमानहरु उपयोगी हुने छ । स्वेदशी विमान खरिद गर्दा स्वदेशी कम्पनीलाई प्रोत्शाहन भेट्ने र चीनको अर्थ बाजारमा मद्दत पुग्ने जनाइएकोछ ।
विमानहरुको मेनटिनेन्स र प्रविधि जडानका लागी उक्त कम्पनीहरुलाई ठूलो प्रयासको अवसर मिल्ने र मार्केटको आकारमा वृद्वि हुने जनाइएको छ । चीनको निजी विमान कम्पनीले विमानहरु बजार उन्मुख भए काम गर्न शुरु गरेको जनाइुकेको छ । कम्पनीले एआरजे २१ लाई सरकार सामू पठाइसकेको छ । एआरजे २१ ५० वटा गन्तव्यमा उडान समेत भरिसकेको छ ।