काठमाडौं, ३० जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जोर बिजोर प्रणाली लागू हुने जनाएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आजदेखि सञ्चालन हुने जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ । ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र मोटरसाइकल, स्कुटर, मोपेडमा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने छ । निजी सवारी साधनहरू बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ । File Photo/ReportersNepal.com