Logo

सहसचिव सुदर्शन खड्का संसद् सचिवमा बढुवा



काठमाडौँ, ३० जेठ : सङ्घीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ ।

संसद् सेवामा ५१ सालमा प्रवेश गर्नुभएका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । प्रतिनिधिसभाका सभामुुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उहाँ सचिवमा बढुवा हुनुभएको हो ।

सङ्घीय संसद् सेवाको महासचिवमा डा भरतराज गौतमको नियुक्ति भएसँगै सङ्घीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो । यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ ।रासस



प्रतिक्रिया दिनुहोस्