जेठ ३०(राति १२बजे) काठमाण्डौ । केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सुरु भएको सरकारविरोधी प्रदर्शनको देशभरिका शहरमा विस्तार भएकोो छ । गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाउँदै कारवाहीको चेतावनी दिए पनि आन्दोलन घट्नुको साटो झन् बढ्न थालेको छ ।
अहिलेसम्म आन्दोलन कसले गरेको भनेर सरकारले पत्तो लगाउन सकेको छैन । तर सामाजिक संंजालमा एउटा ग्रुुप (covid-19 nepal: enough is enough!) बनाइएको छ । ग्रुुपमा सदस्य रहेका फेसबुुक प्रयोगकर्ताहरुले आन्दालनको समर्थन गरिरहेेेका थिए ।
त्यहि ग्रुपमा जोडिएका युवाहरु नै आन्दोलनमा सहभागी भएको पाइन्छ । किनकि ग्रुपमा विरोधका कार्यक्रमको प्रचार भैरहेको थियो । यसैबीच शुक्रबार रातिदेखि उक्त ग्रुपको संचालक (एडमिन) हरु नै ग्रुपबाट बाहिरिएको तथा संचालन गर्न छोडेको पाइएको छ ।
शनिबार संसदमा नेपालको नयाँ नक्सा पारित प्रक्रिया अघि बढ्ने कार्यतालिका छ । उता उक्त ग्रुपमार्फत काठमाण्डौको माइतिघर मण्डलासहित विभिन्न सहरमा सरकार विरोधी प्रदर्शनको प्रचार गरिएको थियो । सरकारले नक्सा पारित गर्न लागेकै दिन सरकारकै विरोध गर्ने कार्यक्रम राखिएकोमा आलोचना भइरहेका बेला ग्रुपका एडमिनले छोडेका हुन् । र अहिले ग्रुप निष्क्रिय बनाइएको छ ।
केहिबेर अघिसम्म उक्त ग्रुपमा विरोध कार्यक्रमकै विरोध गरिएका पोस्टहरु पनि आउन थालेको थियो । यसअघि एडमिनले ग्रुपलाई नियन्त्रणमा राखेर आन्दोलनको समर्थन गरेर लेखिएका पोस्ट मात्रै सार्वजनिक (एप्रुभ) गरेका थिए ।
यो घटनाक्रमले शनिवार गर्ने भनिएको सरकारविरोधी बृहत् प्रदर्शन तुहिएको त हैन ? भन्ने प्रश्न उब्जिएको छ ।
उक्त ग्रुपमा अहिलेसम्म १ लाख ६२ हजार सदस्य रहेका छन् । ग्रुपमार्फत जेठ ३० देखि असार ३ सम्म विभिन्न सहरमा प्रदर्शनहरु घोषणा भएका थिए ।