Logo

सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीको बैठक जारी



काठमाडौं, ३१ जेठ । समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक जारी छ । आफ्नै दलकी सांसद सरिता गिरीले संविधान संशोधनको विरुद्धमा अर्को संशोधन प्रस्ताव हालेको र अहिलेसम्म आफ्नो प्रस्ताव फिर्ता नगरेकोले पार्टीले उनलाई कारबाही गर्ने तयारी गरेको छ ।

आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । जसपाले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । स्रोतकाअनुसार पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै समाजवादी पार्टीले उनलाई कारबाही गर्ने भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्