Logo

प्रचण्डको भनाईमा कमल थापाको टिप्पणी : ‘१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो’



काठमाडौं, ३१ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको भनेर संसदमा बोलेको कुराप्रति खेद व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले प्रचण्डको उक्त अभिव्यक्तिलाई भ्रामक र पुर्वाग्रही भनाई र विकृत तथा असन्तुलित मानसिकता भएको संज्ञा दिएका छन् ।

थापाले अघि भनेका छन्-“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो” भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो। १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो। सिंगो राष्ट्र एकढिक्का भएर,सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ।ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटक-पटक प्रधानमन्त्री हुनुभयो।आश्चर्य लाग्छ। प्रचण्डको भनाईप्रति खेद व्यक्त गर्दछु।”



प्रतिक्रिया दिनुहोस्