Logo

भारी वर्षाको सम्भावना



काठमाडौं, ३२ जेठ । आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम देशको पूर्वी भाग हुँदै फैलिइरहँदा भारी वर्षाको सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र सुदुरपश्चिम प्रदेशका तराई भू(भाग तथा देशभर पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्