Logo

एमसीसीबारे निर्णायक छलफल गर्न बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित्



काठमाडौं, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् भएको छ । बैठक आज चार बजेको लागि तय भएको थियो । आजको बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसीको बारेमा निर्णय लिईने जनाईएको थियो । एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्नेबारे नेकपाभित्र मत विभाजित हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण बैठक स्थगित् भएको सचिवालय सदस्य झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । बैठक अन्तिम समयमा आएर स्थगित् गरिएकोमा नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्