Logo

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु सङ्ख्या एक हजार १७१



३२ जेठ  : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताउनु भयो ।

उहाँका अनुसार विगत २४ घण्टामा तीन हजार १४१ जना सङ्क्रमित भएका छन् ।

सुल्तनाले पत्रकार सम्मेलनमा भन्नुभयो, “अहिलेसम्म बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५२० पुगेको छ भने एक हजार १७१ रहेको छ । विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ सङ्क्रमितको मृत्यु भएको छ ।”

बङ्गलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५०५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९०३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १८ हजार ७३० पुगेको छ ।सिन्ह्वा Photo Source : XinhuaNet.com



प्रतिक्रिया दिनुहोस्