Logo

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त अध्यारो र आकाशगंगाप्रति मोहित



एजेन्सी १ असार । आफ्नै बाटो निर्माण गर्दै स्टारडमको शिखरमा पुगेका सुशान्त सिंह राजपुतले किन आत्महत्या गरे ? यो विषयबारे अन्योल देखिएको छ । उनले ३४ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । उनले सामाजीक सञ्जालमा जुन ३ को अन्तिम पोस्ट गरेका थिए ।

उनी केही दिन देखि फरक धारमा लागी परेको स्वयम आफ्नो पोस्ट मार्फत जानकारी दिइरहेका थिए । उनी अध्यारो, ग्रह र आकाशगंगाका अनौठो कुराहरु सार्वजनिक गरिरहेका थिए । उनको निधन प्रति सम्पूर्ण मानिसहरुले आफ्नो सम्वेदना व्यक्त गरेका छन् । सन् १९८६ मा पटना शहरमा जन्मिएका सुशान्त आफ्नो भौतिकशास्त्रको अध्ययन छाडेर नायक बन्न मुम्बई पुगेका थिए ।

सुशान्तले टिभी सिरियल पवित्र रिस्ताबाट आफ्नो छाप बलिउडमा बनाउदैँ गए । उनले दिनप्रतिदिन नयाँ उचाई हासिल गर्न सफल हुन पुगेका थिए । काइ पो चे बाट आफ्नो फिल्मी करियर सुरु गरेको सुशान्तले एक पछि अर्का सफलता हासिल गर्दै अगाडी बढे । उनले एमएस धोनी दि अनटोल्ड स्टोरी, पीके, सुद्व देशी रामान्स जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

नातावाद हावी भएको फिल्मी उद्दोगमा आफ्नो छाप छाड्न धेरै थोरै मानिसहरु सफल हुने गर्दछ । उनको पहिलो लभ अफेयर पवित्र रिस्ता शोको कोएक्टर अंकिता लोखन्डेसंग लामो समय चलेको थियो । त्यसपछि उनको अफेयर रिया चक्रवर्तीसंग चलेको थियो । उनले इन्डस्ट्रीमा निकै लोकप्रियता कमाउने सफल भएका थिए । उनको परिवारले सुशान्तको हत्या भएको भन्दै मुम्बई पुलिसलाई अनुसन्धानलाई अगाडी बढाउन माग गरेको छन् । उनको मृत्युको कारण के हो भन्ने विषय अझै स्पष्ट रुपमा बाहिर आएको छैन् । उक्त केस प्रति अनुसन्धान थालिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्