Logo

क्वारेन्टाइनमा सामुहिक बलात्कारको घटनाबारे स्वास्थ्य मन्त्रालय बोल्यो



काठमाडौं, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटनाप्रति खेद प्रकट गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घटनाका दोषीमाथि कडा कारबाहीको प्रक्रिया बढिसकेको जानकारी दिए ।

लम्किचुआ नगरपालिका १ कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि सामुहिक बलात्कारको घटनामा स्वास्थ्यकर्मी देखि शिक्षकसम्म संलग्न रहेको भन्दै उनले गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने- महिलामाथि सामुहिक बलात्कारको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खेद प्रकट गर्दछ ।

घटनाप्रति सरकार चिन्तित भएको भन्दै यस्तो घृणित घटनालाई दिरुत्साहित गरी कानुन अनुसार कडा कारबाही गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्