Logo

एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद



काठमाडौं, १ असार । रुपन्देहीको रोहिणी गाँउपालिका ७ पिप्रहियास्थित् सीमा ईलाकाबाट जेठ ३२ गते एपीएफ टोलीले करिब एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ । अवैध रुपले चोरीपैठारी निकासी गर्दै गरेको उल्लेखित मुल्य बराबराको ४ सय ५० के.जी. छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको विज्ञप्तीमा जनाईएको छ ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको एपीएफ टोलीले असार १ गते करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको हो ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद समान भन्सार कार्यालय गौरमा बुझाईएको पनि विज्ञप्तीमा प्रष्ट पारिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्