Logo

सातै प्रदेशले ल्याए आव २०७७/७८ को बजेट



काठमाडौं, असार २ । सातवटै प्रदेशले सोमबार आगामी आर्थिक वर्षका निम्ति बजेट प्रस्तुत गरेका छन् । संघीय सरकारले बजेट प्रस्तुत गरेको १७ दिनपछि प्रदेश सरकारहरूले बजेट प्रस्तुत गरेका हुन् ।

कोभिड–१९ का कारण अर्थतन्त्रमा संकुचन आइरहेका बेला प्रदेश सरकारहरूले पनि ठूला र दूरगामी महत्वका कार्यक्रमहरू ल्याउन सकेका छैनन् । यद्यपि, अधिकांश खुद्रे कार्यक्रम समेटिएको देखिन्छ । कोभिड–१९ को रोकथाम र उत्पादन वृद्धि गर्ने रोजागारी सिर्जना गर्ने कार्यक्रमहरूलाई पनि जोड दिइएको छ ।

कतिपय प्रदेशले प्रदेश सभासदस्यहरूलाई रकम वितरण गर्ने कार्यक्रमसमेत ल्याएका छन् । सामान्यतया चालू आर्थिक वर्षको हाराहारीमा नै बजेट प्रस्तुत गरेका प्रदेश सरकारहरूले बजेटको आकारमा बाहेक अन्य क्षेत्रमा ठोस कार्यक्रम प्रस्तुत गर्न सकेको पाइँदैन ।

महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरका बाबजुद उद्योग, व्यवसायलाई प्रदेश सरकारको तर्फबाट दिने सहुलियत पनि खासै देखिएको छैन । बरु केही प्रदेशले तत्कालका लागि आवश्यक नदेखिएका महत्वांकाक्षी योजनाहरू समेटेको पाइन्छ ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्