कैलाली, असार २ । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।
सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । सुदूरपश्चिममा यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ।