काठमाण्डौ, २ असार । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आरडीटीरपीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख रुपैयाँ बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
कोहकाका तर्फबाट काठमाण्डौमा रहेको कोरियली राजदूतावासको कार्यवाहक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर राजन पोखरेललाई किट हस्तान्तरण गरेका हुन् । कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आउँदो शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ । File Photo