एजेन्सी, २ असार । भारत र चीनका सैनिकबीच लदाखको गलवान उपत्यकामा झडप भएको छ । घटनामा एक कर्णेल सहित तीन भारतीय सैनिकको मृत्यु भएको पुष्टि भइसकेको छ । चिनियाँ पक्षमा पनि हताहती खुलेको छ तर वृस्तृत जानकारी प्राप्त भएको छैन ।
घटनामा मारिने भारतीय सैनिकमा कर्णेल बी सन्तोष बाबुसहित सैनिकहरु हविल्दार पलानी र सिपोइ ओझा छन् । उनीहरुमध्ये बाबु तेंलगना राज्यका हुन् । पलानी तामिल नाडुका र ओझा झारखण्डका हुन् ।
रोचक पक्ष यो छ कि झडपमा गोलाबारुद चलेको थिएन । कुनै किसिमका आधुनिक हातहतियारको प्रयोग भउको थिए । टाइम्स अफ इन्डियाले एक सैनिक अधिकृतलाई उदृत गर्दै कुनै आधुनिक हतियार प्रयोग नभएको लेखेको छ । दुवै पक्षबीच हात हालाहाल भएको थियो ।
बरु ढुंगा हानाहान भएको थियो । कर्णेल बाबुलाई ढुंगाले लागेपछि अन्य भारतीय सैनिकले त्यसरी नै प्रतिकार गरेको उल्लेख छ ।
झडपका क्रममा हातकै प्रयोग भएको थियो । ढुंगा र ब्याटनको समेत प्रयोग भएको थियो ।