काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामभन्दा कुरा धेरै गरेर नेपाल भारत सम्वन्धमा सुधार आउन नसकेको कुटनीतिज्ञहरुले बताएका छन् । परराष्ट्रविद् डा दिनेश भट्टराईलेनेतृत्वले अब कुरामा हैन काममा क्षमता देखाउनुपर्ने समय भएको बताएका छन्।
प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि भारतसँग सम्बन्ध राम्रो नभएको र अहिले पनि गत कात्तिकदेखि चिसोपना बढेको भन्दै उच्च तह र सालिन भावको कुटनीतिलाई अगाडी बढाउनुपर्ने उनको सुझाव छ ।
भारतले नेपालका तर्फबाट वार्ताको वातावरण बनोस् भन्ने चाहेकाले प्रधानमन्त्री ओलीले कुटनीतिक र राजनीतिक नेतृत्वको क्षमता देखाउनु पर्नेमा परराष्ट्रविद् डा भट्टराईले जोड दिए ।पत्रकार ऋषि धमालासंगै कुरा गर्दे उनले नेपालले सवै तहबाट कूटनीतिक संयन्त्रपरिचालन गर्नुपर्ने बताएका छन् ।
‘भारतको चाहना नेपालले वार्ताको वातावरण बनाओस् भन्ने छ । त्यसैले नेपालले कुटनीतिक पहल थाल्नुपर्छ । यो विषयलाई धेरै लामो समयसम्म विवादका रुपमा राख्नु हुदैन । अब नेपालले कुटनीतिक कौशलता देखाउने समय आयो । सवै प्रकारका कूटनीतिक विषयलाई अगाडी बढाउनु पर्छ । नेपालमा राष्ट्रिय एकता बनेको अवसरमा प्रधानमन्त्रीले नेतृत्वको क्षमता देखाउनु पर्छ । प्रधानमन्त्रीको क्षमता परिक्षणको बेला हो यो ।’ उनले बताए ।
भट्टराइले नेताहरुको भन्दा जनता—जनतासँगको सम्बन्ध झन नजिक भएकाले नेपाली र भारतीय राजनेता र कूटनीतिज्ञहरुसंग रहेको पुरानो सम्बन्धलाई खोज्नुपर्ने भन्दै व्यक्ति व्यक्तिले आफ्ना मित्रहरुसँगसम्बन्ध बढाएर कुरा राख्नुपर्ने समय आएको भनाई राखेका छन् । यस्ता सम्बन्ध पहिले देखिनै राख्नुपर्ने सरकार त्यसमा चुकेको डा भट्टराईले दावीसमेत गरे ।
उनले भने,‘अब प्रधानमन्त्रीले पनि बोलीको ठेगान गर्नुपर्छ । नेपाल कहाँ चुकेको छ । हामीसँग के के प्रमाण छन्,ती सवै जुटाउनुपर्छ । यो मुद्धा तत्काल सकिने हैन । समय लाग्छ । तर, वार्ता सुरु गर्नुपर्छ । सन् २०१५ मा भएको भारत चीन सहमति पछिल्ला सरकारले हेरेनन् । अघिल्लो सरकार को हो भनेर बस्यो, यो गल्ती भयो । भारत र चीनको बिचमा तनाव बढ्यो भने वतावरण विग्रन सक्छ ।’