Logo

तरुण दलका नेताको आरोप : नेकपाकै निर्देशनमा रुकुम घट्ना घटाईएको हो



काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता उत्तम चापागाईँले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निर्देशनमा रुकुम घटना घटाईएको गम्भीर आरोप लगाएका छन् । संयुक्त दलित संघर्ष समितिले माईतिघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो आरोप लगाएका हुन् ।

उनले जनआन्दोलनको उद्गम थलोमा जातीय विभेदको यस्तो नरसंहार हुनुमा नेकपाकै नेताहरुको संलग्नता रहेको दाबी गरे । कार्यक्रममा नायक तथा गायक यशकुमार परियार, शर्मिला नेपाली, गायक तथा सङ्गीतकार अमृत खातीलगायतले सम्बोधन गरेका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्