Logo

कोरोना उपचार पारदर्शी : मन्त्री ढकाल



काठमाडौँ, ४ असार । विनियोजन विधेयक २०७७ माथि राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिएका छन् ।

त्यस क्रममा मन्त्रीहरूले छलफलमा सांसदहरूले उठाएको विषयको सम्बोधनमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मुलुक कोरोना भाइरसबाट ग्रसित भएका बेला नागरिक सुरक्षाका लागि स्वास्थ्य पूर्वाधार विस्तार लगायतमा आवश्यक बजेटको व्यवस्था गरिएको बताएका छन् ।

उन्नतस्तरका प्रयोगशाला सहितको अस्पतालको व्यवस्थापनमा सरकारले ध्यान दिएको उनले जानकारी दिएका छन् । मन्त्री ढकालले अस्पतालहरूलाई स्तरोन्नति गरिने बताएका छन् । सातै प्रदेशमा ट्रमा सेन्टर निर्माणको पहल भएको उनले जानकारी दिएका छन् । अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्