Logo

विद्यालय खुलाउने मनस्थितिमा सरकार



काठमाडौं, असार ४ । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा सो विषय उल्लेख गरेको छ ।

केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी आवश्यकताअनुसार स्थानीय भाषामा विद्यालयसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल–युबा क्लबसँग परामर्श गर्नुपर्नेछ । सरकारले असार १ गतेदेखि लकडाउन खुला गरेलगत्तै विद्यालयको प्रशासन खुला गरेको थियो ।

सो अघि तयार गरेको गरेको कार्यविधिमा भौतिक दूरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर, शौचालय आदिको आवश्यकताअनुसार पुनव्र्यवस्थापन वा मर्मत गर्ने र व्यवस्थापनमा सहजताका लागि अलगअलग सत्र, समय छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लोलाई पहिले जोखिम र सहजतालाई हेरी कक्षा शुरू गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको थियो ।

समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी कार्यविधि तयार गरेको जनाएको छ । संयोजक सहसचिव न्यौपानेले सो कार्यविधि मन्त्रालयमा पेस गरेको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले लकडाउन खुकुलो गरेर विद्यालय प्रशासन खुला गर्ने निर्णय गरेजस्तै विद्यालय खोल्न सक्ने संकेत गरेको १५ दिन अघि विद्यालय प्रशासनले सम्पूर्ण तयारी गर्न कार्यविधि निर्माण गरेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

उहाँले कार्यविधि



प्रतिक्रिया दिनुहोस्