एजेन्सी ४ असार । कोरोनाविरुको खोप डेक्सामेथासोनले संक्रमणलाई निको पार्न सक्ने पहिलो औषधी भएको बेलायतले दाबी गरेको थियो । कोरोनाविरुद्व औषधी प्रभावकारी भएको भन्दै जनमानसमा खुशीको लहर पैदा भएको थियो । बेलायतले दावी गरेको कोरोना विरुद्वको डेक्सामेथासोन औषधी प्रभावकारी नरहहेको रुसी विज्ञान एकेडेमीको वरिष्ठ वैज्ञानिक अलेक्ज्याण्डर सर्जेभले बुधबार रुसी सञ्चामाध्यम तासलाई जानकारी गराएका हुन् ।
औषधीले आमूल सुधार गर्न नसक्ने वैज्ञानिकको ठहर रहेको छ । डेक्सामेथासोन नाम गरेका औषधी अन्तीम अवस्थामा रहेको विरामी माथि प्रयोग गरिने भएतापनि उक्त औषधी कोरोनाविरुद्व प्रभावकारी नभएको जनाइएको छ । कोरोनाको औषधीका लागी अझ दौड कायमै रहेको वैज्ञानिकले स्पष्ट पारेका छन् । कोरोना संक्रमित व्यक्तिको संक्रमणमा नियन्त्ररण पाउन कठिन हुने कारण भाइरसको रोकथाम गर्न मुस्किल रहेको जनाइएको छ । उक्त भाइरसलाई नियन्तरण गर्न मानिसको सोच भन्दा निकै ठूलो रहेको कारण यो भाइरस तीब्र गतीमा फैलिएको हो । कोरोना संक्रमित व्यक्तिको मृत्यु दरमा कमी आउने भनिएको डेक्सामेथासोन औषधीलाई विश्व स्वास्थ्य संगठनले मान्यता समेत दिइसकेको छ । तर, उक्त निर्णय प्रति पुनः विचार गर्नृपर्ने आवश्यकता वैज्ञानिले औल्याएको छ ।
त्यसैगरी, दूई चर्चित सञ्चारमाध्यम दि ल्यासेट र दि इन्ल्याण्ड जर्नल अफ मेडीसीनले डेक्सामेथासोन कोरोनाविरुद्व कम समयमै प्रभावकारी भएपनि दीर्घकालिन रुपमा कस्तो असर पर्ने विषय अनुसन्धाको क्रममा रहेको जनाएको छ । सञ्चारमाध्यमले लेखेको उक्तले नयाँ चुनौती थपिएको छ । औषधीको अनुसन्धानको कागज सम्बन्धीत निकायमा जारी नै नगरीकन औषधीको प्रभाव साकारात्मक देखिएको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको अस्वीकार्य रहेको प्रभावशाली सर्जन र लेखक डा. अतुल गावडेंले जनाएका छन् ।
हाइड्रोक्सीक्लोरोक्वाइनको सुरुवाती परिक्षणमा औषधी प्रभावकारी रहेको बताइएको थियो । तर, परिक्षण पश्चात औषधी नाकारात्मक देखिएको थियो । पूर्ण परिक्षण पश्चात मात्रा पत्रकार सम्मेलन मार्फत जानकारी दिन वैज्ञानिकहरुको आग्रह रहेको छ । डेक्सामेथासोनको नाकारात्मक पक्ष देख्न बाकी रहेकोे जनाइएको छ ।-File Photo