Logo

‘युद्ध रोक, शान्तिलाई बढावा देउ’ भन्दै नेपालस्थित् चिनियाँ र भारतीय दूतावासअघि धर्ना (फोटोफिचर)



काठमाडौं, ४ असार । शान्ति समाज नेपालका अध्यक्ष तथा अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा आज काठमाडौंस्थित् भारतीय र चिनियाँ दूतावासअघि युद्ध रोक, शान्तिलाई बढावा देउ भन्दै विभिन्न प्लेकार्ड बोकेर धर्ना दिईएको छ । भारत र चीनबीच सिमा विवाद चर्किएको छ । र, उक्त क्षेत्रमा दुई देशका सेनाबीच भीडन्त भएको थियो । भारतीय २० जना सेनाको निधन भएको जनाईएको छ । हिजोमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाको बलिदानी खेर जान नदिने बताएका छन् ।

भारत र चीनबीच युद्ध नहोस भन्दै काठमाडौंमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले बोकेका प्लेकार्डमा ‘युद्धको कुनैपनि सम्भावनालाई खारेज गर’, ‘आवेग होईन विवेकको प्रदर्शन गर’, ‘एस टु पिस, नो टु वार’, ‘समझदारी विस्तार गर’ लगायतका नारा लेखिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्