Logo

‘वामदेव सरकारमा जाने हल्ला पूर्णतः निराधार, उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न’ : सचिवालय



काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार भएको उनको सचिवालय जनाएको छ । विश्वमणि सुवेदीले फेसबुकमार्फत ‘केही कुरा स्पष्ट पारिएको’ भन्दै उपाध्यक्ष गौतमका पछिल्लो धारणा बाहिर ल्याएका छन् ।

सरकारमा जाने र प्रधानमन्त्री केपी शर्मा ओलीका कदमहरुको पक्षधरका रुपमा गौतमलाई चित्रित गर्ने क्रम बन्द गर्नसमेत सचिवालयले आग्रह गरेको छ । संशोधित नक्सा जारी गर्ने एजेण्डा नै उपाध्यक्ष गौतमको भएको पनि सचिवालयले जनाएको छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उपाध्यक्ष गौतम प्रधानमन्त्रीको साथमा नभएको समेत सचिवालयले स्प्ष्ट पारेको छ । तस्विर : विश्वमणि सुवेदीको फेशबुकबाट साभार

हेरौं सचिवालयको धारणा :

केही कुरा स्पष्ट पारिएको छ ।

१. क. वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णत: निराधार हो । सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस् । (संसोधित नक्सा जारी गर्ने एजेण्डा नै उहाँको थियो । हामीले यसअघि नै प्रेस नोटबाट यो कुराको जानकारी दियौं ।)

२. क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।

३. उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।



प्रतिक्रिया दिनुहोस्