काठमाडौं, असार ५ । गण्डकी प्रदेशमा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
आज थप भएकाहरुमा बागलुङका १४, कास्कीका ६, स्याङ्जाका दुई र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।