Logo

समाजसेवी उमेश बानियाँद्वारा चाङ्गथली युवा क्लबद्वारा सञ्चालित एम्बुलेन्स चालकलाई बिमा



काठमाडौं, ५ असार । समाजसेवी तथा व्यवसायी उमेश बानियाँले महालक्ष्मी नगरपालिकामा सञ्चालित विभिन्न क्षेत्रका एम्बुलेन्स चालकहरुलाईसपरिवार स्वास्थ्य बिमा गरिदिएका छन् । उनले हालसम्म तीनजना चालकलाई सपरिवार बिमा गरिदिएका हुन् ।

हाम्रो युवा समुह महालक्ष्मी नगरपालिकाको पहलमा व्यवसायी बानियाँले चाङ्गथली युवा क्लबद्वारा सञ्चालित एम्बुलेन्सका चालक नरेश श्रेष्ठलाई सपरिवार स्वास्थ्य बिमा गरिदिएका छन् । आज एक कार्यक्रमबीच बिमाको पोलिसी चालक श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । चाङ्गथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले बिमा पोलिसी चालक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उमेश बाँनिया

हस्तान्तरण कार्यक्रममा हाम्रो युवा समुहका संयोजक विवेककुमार कार्की र चाङ्गथली युवा क्लबका पदाधिकारीहरु पनि सहभागी थिए ।
यसअघि हाम्रो युवा समुहका संयोजक कार्कीको पहलमा सिद्धिपुरका एम्बुलेन्स चालकहरु कुमार महर्जन र रबि महर्जनलाई कोभिड १९ बाट हुने जोखिमको अवस्थामा उपचार गर्नुपर्ने अवस्थामा बिमा गरिसकिएको छ ।

तीनवटै बिमा प्रति व्यक्ति एक लाखसम्मको उपचार हुने गरी आइएमइ इन्सुरेन्सबाट भएको हो । यो बिमा परिवारका सदस्य समेतका लागि हो ।

व्यवसायी बानियाँ पाँचखाल नगरपालिकाका हुन् । उनले सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्