एजेन्सी ५ असार : काजकस्तानका पूर्व राष्ट्रपति नूर सुल्तान नजरबायेवमा कोरोना संक्रमणको पुष्टि भएको छ। परीक्षणमा कोरोना पुष्टि भएसँगै उनी हाल आइसोलेसनमा रहेको जनाइएको छ ।
उनी घरमै आइसोलेसनमा रहेका छन्। घरमै रहेका कारण उनले आफ्ना सम्पूर्ण काम जारी राख्नेछन्। उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ। काजकस्तानका प्रथम राष्ट्रपति नूर सुल्तानले गत वर्ष मात्र पद त्याग गरेका थिए।संक्रमितको संख्यामा निरन्तर वृद्धि भएको कारण लकडाउनलाई अझ कडा गरिने बुझिएको छ।
काजकस्तानमा कोरोना संक्रमितको संख्या १५ हजार भन्दा बढी रहेको छ भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ।