Logo

कोरोना संक्रमित दिल्लीका स्वास्थ्यमन्त्री जैनको अवस्था चिन्ताजनक भएपछि आइसियुमा



एजेन्सी, ५ असार । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन कोरोना भाइरसको संक्रमणपछि गम्भीर विरामी परेका छन् । उनको श्वास प्रश्वासमा समस्या भएपछि आइसियुमा भर्ना गरिएका छन् ।

शुक्रबार जैनलाई आइसियुमा भर्ना गरिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । ५५ वर्षीय उनको अवस्था निकै बिग्रिएको छ । उनलाई निमोनिया भएको समाचार छ ।

म्याक्स अस्पतालमा भर्ना गरिएका जैन बुधबार कोरोना संक्रमित भएका थिए । उनलाई २४ सै घन्टा अक्सिजन दिएर राखिएको छ । दुईपटक टेष्ट गर्दा उनी संक्रमित पत्ता लागेका थिए ।

आइतबार मात्र मन्त्री जैन कोरोना भाइरसको अवस्थासम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएका थिए । उक्त बैठक भारतका गृहमन्त्री अमित शाहले डाकेका थिए । दिल्लीका गभर्नर अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल, उपमुख्यमन्त्री मनिष सिसोडिया, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवद्र्धन समेत सहभागी थिए ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्