Logo

एउटै जहाजले ल्यायो २० बाकस



काठमाडौं, असार ६ । वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीको मृत्यु भएको छ। फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाले ज्यान गुमाएका थिए।

वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष सात सय ५४ जनाको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो तीन महिना (लकडाउन बेला)मा मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको थियो। रोजगारी गुमाएका कामदारसँगै शवसमेत चार्टर्ड उडानबाट ल्याउन थालिएको छ।

त्यही क्रममा शुक्रबार २४ नेपालीको शव नेपाल ल्याइएको छ। कोरोना भाइरसका कारण लामो समयदेखि विभिन्न मुलुकमा ती शव अलपत्र परेका थिए। अलपत्र परेका शव उद्घार हवाई सेवाबाट ल्याइएको हो।

वैदेशिक रोजगार प्रबद्र्घन बोर्डका अनुसार यसअघि छिटफुट रूपमा नेपाली कामदारको शव ल्याइएको थियो। कोरोना महामारीका कारण भने विभिन्न मुलुकबाट मृतक कामदारको शव ल्याउन सकिएको थिएन। अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्