Logo

एकाविहानै नेकपा सचिवालय बैठक, एमसीसीबारे टुँगो लगाउने



काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । बैठक विहान ९ बजेदेखि सुरु भएको हो । एमसीसीको विषयमा छिनोफानो लगाउन सचिवालय बैठक बसेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद चर्किएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागेको अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको आरोप छ । यही विषयमा टुँगो लगाउनको लागि असार १० गतेलाई स्थायी कमिटी बैठकसमेत बोलाईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्