Logo

इटालीमा कोरोनाको पहिलो केस दर्ता हुनु अगावै संक्रमण भित्रिएको दाबी



एजेन्सी ६ असार । इटलीका दूई शहरमा कोरोना संक्रमणको पहिलो केस दर्ता हुनु अगावै संक्रमण भित्रिएको अनुसन्धानले दाबी गरेको छ । इटालीका वैज्ञानिकहरुले दुई शहरमा रहेको ढलको पानीलाई अनुसन्धान गर्दा कोरोना संक्रमण अगावै शहर भित्रिएको दाबी गरेका हुन् ।

मिलान र ट््युरिन दूई शहर डिसेम्बर माहिनामा संक्रमित भएकोे विषयलाई नेश्नल इन्स्टीट्युट अफ हेल्थले जनाएको छ । चीनको उहान शहरले अन्तिम डिसेम्बरमा पहिलो केस दर्ता गराएको थियो भने इटलीमा पहिलो केस फेब्रअरीमा दता गराइएको थिया ।

नेश्नल इन्स्टीट्युट अफ हेल्थले ४० वटा ढलका पानीलाई परिक्षण गरिरहेको जनाइएको छ । अक्टोबर र नाभेम्बरको पानी परिक्षण गर्दा नतिजा नाकारात्मक देखा परेको पुष्टि भएको छ । केस दर्ता हुनु भन्दा पहिलै इटलीमा संक्रमणले महामारीको रुप लिइसकेको वैज्ञानिकहरुले जनाएका छन् । भाइरस पत्ता लगाउने नयाँ प्रणालीले भाइरसमाथि नियन्त्रण पाउन सकिने जनाइएको छ । थुप्रै देशहरुले यो प्रणालीलाई अनुसन्भानको रुपमा प्रयागे गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्