Logo

अब खस आर्यलाई २८ प्रतिशत आरक्षण, सबै क्लस्टरबाट महिला आधा



loksewa logo

काठमाडौं, ६ असार । सरकारी सेवामा अब खस आर्यले पनि आरक्षण पाउने भएका छन् । निजामती सेवामा खस आर्यका लागि आरक्षण व्यवस्था सहमति भएको छ ।

संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती बिधेयकमा खस आर्यका लागि आरक्षण दिने सहमति भएको हो । हाल खुला पदपुर्तीमा ४५ प्रतिशत आरक्षण रहेकोमा त्यसलाई बढाएर ४९ प्रतिशत पु¥याइएको छ ।

४९ प्रतिशतलाई शत प्रतिशत मानेर खस आर्यलाई २८ प्रतिशत कोटा राखिएको छ । त्यस्तै दलितलाई १३, आदिवासी जनजातीलाई २६, मधेसीलाई १६, थारुलाई पाँच, मुस्लिम, पिडडिएको क्षेत्र र अपांगता भएका व्यक्तिलाई ४ ४ प्रतिशत छुट्याइएको छ । यी सबै क्लस्टलबाट ५० प्रतिशत महिला भर्ना गर्नुपर्ने गरी सहमति भएको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले बताइन् । यसबाट सरकारी सेवामा महिलाको सहभागीता बढ्ने उनको भनाई छ ।

आरक्षण पाउने मधेशी, दलित, जनजाति, आदिवासी, खस आर्यलगायत सबैमा अनिवार्य ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था हुनेछ ।



प्रतिक्रिया दिनुहोस्