काठमाडौं, ६ असार । नागरिकतासम्बन्धी विधयेक यतिबेला संसदमा विचाराधीन छ । विवाहित विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिनेसम्बन्धी व्यवस्था गर्न लागेको विधयेकको पक्षमा नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेको छ ।
विधयेकबारे बहस चलिरहँदा यसको विरोध भइरहेको छ । नेकपा स्थायी कमिटि सदस्य भीम रावलले यसबो आज ट्वीट गर्दै सत्ता स्वार्थका कारण केही दल, नेता र मानिसहरुले नागरिकतासम्बन्धी कानुन कमजोर पारेर विदेशीलाई सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएको टिप्पणी गरेका छन् । उनले नागरिकता कानुन हरेक देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउने उल्लेख गरेका छन् ।
रावलले ट्वीटरमा लेखेका छनुः
निहित सत्ता स्वार्थको कारण केही दल, नेता र मानिसहरू बारम्बार नागरिकतासम्बन्धी कानून कमजोर पारेर नेपालमा विदेशीले सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएका छन् ।यसो गर्नु देशलाई कमजोर बनाउनु हो ।नागरिकता कानून सबै देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउछन् ।