काठमाडौं, असार ८ । सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए ।
उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको रहेको आजको गोराखपत्र दैनिकमा खवर छ ।