Logo

कोरोनाले अन्योलमा कांग्रेस महाधिवेशन



काठमाडौं, असार ८ । अंगीकृत नागरिकताबारे पार्टीको धारणा तय गर्न आइतबार कांग्रेसको पदाधिकारी बैठक बस्यो। बैठक सकिने बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय उठाए। ‘पार्टीको महाधिवेशबारे के गर्ने ? , कार्यतालिका संशोधन गर्नुपर्‍यो। महाधिवेशनको काम अगाडि बढाउनुपर्‍यो’, नेता पौडेलले सभापति शेरबहादुर देउवालाई भने, ‘बैठक बोलाएर महाधिवेशनको तयारी अगाडि बढाउनुपर्‍यो।’ उनले त्यसअघि बुधबारको बैठकमा पनि महाधिवेशको कुरा उठाएका थिए।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ११ मा लकडाउन सुरु गरेपछि कांग्रेसभित्र महाधिवेशनको विषय ओझेल पर्दै आएको छ। अघिल्लो वर्ष पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यही अवधिमा कोरोनाको असर देखिएपछि चैत ९ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न नेता÷कार्यकर्तालाई निर्देशन दिएको थियो।

कोरोनाको असर लामो समय देखिन सक्ने र लकडाउन पनि लम्बिने देखिएपछि नेता पौडेल आन्तरिक कार्यतालिका संशोधन गरेर तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। उनले पछिल्लो समय महाधिवेशनको विषयलाई पार्टीका नेताहरू र अन्य फोरममा पनि उठाउन सुरु गरेको आजको अन्नपूर्ण पोस्ट्ले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्