Logo

स्वास्थ्यकर्मी अस्पतालमै थुनिए, सबै सेवा ठप्प



पर्वत, असार ८ । चारदिनअघि एकहप्ताको समयमा दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट कोरोना पोजेटिभ देखियो। कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले असार २ गतेदेखि ४ गतेसम्म बिरामी चेकजाँच गरेका थिए। आइसोलेसनका बिरामीको उपचारमा संलग्न भएका उनीहरुले पर्वत अस्पतालका बिरामीको उपचारमा समेत संलग्न भएको पाइयो। उक्त रिपोर्टपछि अस्पतालका सबै सेवा ठप्प पारियो।

अन्य स्वास्थ्यकर्मीलाई पनि अस्पतालभित्रै राखेर ६५ जना स्वास्थ्यकर्मीसँगै उनीहरुको सम्पर्कमा आएका ८१ जनाको स्वाब पोखरास्थित प्रयोगशालामा पठाइयो। पर्वत अस्पतालले इमरजेन्सी रुपमा रिपोर्ट निकाल्न माग गर्दै पठाएपनि चारदिनसम्म पनि रिपोर्ट नआउदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी पर्वत अस्पतालमा बन्धक बनेका छन्।

अस्पतालले चारदिनअघि इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको भनेपनि अहिले अस्पतालमा इमरन्जेन्सी सेवा पनि चल्न सकेको छैन। प्रयोगशालामा स्वाब पठाएपछि जिल्ला अस्पताललाई पूर्ण रुपमा बन्द गरिएको छ।

यस अघि स्वाब पठाइएका मध्ये २५ जनाको रिर्पोट आएपनि बाँकी स्वास्थ्यकर्मीहरुको रिर्पोट आएको छैन। २५ जना मध्ये थप दुई जना संक्रमीत हुँदा कुल संक्रमीत स्वास्थ्यकर्मीको संख्या सात पुगेको छ। आइतबार बेलुकासम्म २ जना संक्रमीतको अर्को रिर्पोट भने नेगेटिभ देखिएको छ। प्रयोगशालाले समयमा रिर्पोट नदिदा अस्पतालको सेवा प्रवाहमा समस्या सृजना भएको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्