एजेन्सी ८ असार । जिम्वावेका धनी नागरिकहरले आफ्नो सम्पत्ती विवरण पेश गर्न नसकेको खण्डमा सम्पत्ति कब्जा हुने खतरा देखिएको छ । गोप्य तरिकाले आम्दनी गरेका व्यक्तिहरुको सम्पत्ति सरकारले कब्जा गर्ने जिम्वावे अधिकारीहरुले जनाएका छन् ।
जिम्वावेको अदालतले गलत तरिकाले आय आर्जन गरेको मानिस विरुद्वको भ्रष्टाचार आरोप खारेज गरपनि सम्बन्धीत निकायले सम्पत्ती कब्जा गर्नेे प्रावधान ल्याइएको हो । विलासी जीवन शैली बिताइरहेका मानिसहरु प्रति विशेषगरी उक्त अपरेशन हुने जिक्वावेको भ्रष्टाचार निषेध आयोग लोयस मातन्दा मोयोले जनाएका छन् ।
जिम्वावेले आर्थिक मन्दीको सामना गरिरहेको वेला सरकारले उक्त कदम चालेको बुझिएको छ । त्याहाँका निम्न वर्गिय समुदायहरुको अवस्था गम्भीर भएपछि उनीहरुले सरकार प्रति उक्त कदम चाल्ने दबाब सिर्जना गरेको हो । जिम्वावेको जनसंख्या एक सय ५६ लाख रहेको छ । त्यसमध्ये ६८ प्रतिशत मानिसहरु गरिबी रेखामुनि रहेको तथ्यांकले देखाएको छ । जिम्वावेमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन सय ८७ रहेको छ । उपयुक्त सामाग्री नभएको कारण उनीहरुको अवस्था निकै तगम्भीर भएको जनाइएकोे छ ।