Logo

लयमा फर्किंदै उद्योग



काठमाडौं, असार ९ । सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ ।

असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन् । कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरका अनुसार खुकुलो बन्दाबन्दीले चुनौतीबीच उद्योग सञ्चालनमा धेरै सहजता मिलेको छ । बन्दाबन्दीको समयमा सुस्ताएका उद्योगी सकारात्मक सोच र आँट राखेर उद्योग व्यवसाय सञ्चालनको प्रयासमा जुटेका छन्, उहाँले भन्नुभयो, यद्यपि चुनौती अझै धेरै छन् ।

सरकार र निजी क्षेत्रबीच धेरै कुरामा अझै धेरै समझादारी हुनु जरुरी छ । खासगरी उद्योगमा देखिने वित्तीय समस्या, श्रमिकको पारिश्रमिक, भुक्तानी बजार व्यवस्थापन लगायतमा सरकारको सहयोगको अपेक्षा रहेको उनी बताउँन्छन ।

नेपाल चामल, दाल तथा तेल उद्योग सङ्घका अध्यक्ष सुबोध अग्रवालका अनुसार यो क्षेत्र अहिले आफ्नो क्षमताको ७५ प्रतिशत सञ्चालनमा आइसकेको छ आजको गोराखपत्र दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्