Logo

संघीय निजामती सेवा आयोग गठनबारे विधेयकमा सहमति जुटेन



काठमाडौं, ९ असार । संघीय निजामती सेवा आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आज पनि सहमति जुट्न सकेन । विवादित बुँदाहरुमा सहमति जुटाइ विधयेक पारित गर्ने प्रयास भएपनि सहमति जुट्न नसक्दा विधयेक अघि बढ्न नसकेको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संघीय मामिला तथा स्थानीय मन्त्री हृदयेश त्रिपाठीले थप समय मागेका छन् ।

समितिले आजै निर्णय गर्न लाग्दा मन्त्री त्रिपाठीले थप समय मागेका हुन् । विगत डेढ वर्षदेखि राज्य व्यवस्था समितिमा अलमलिरहेको संघीय निजामती ऐन संसदको चालु अधिवेशनबाट पनि पारित हुने सम्भावना न्यून देखिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्