Logo

बाहिरबाट काठमाडौं भित्रिनेहरु अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र



काठमाडौं, ९ असार । अबदेखि बाहिरबाट काठमाडौं उपत्यका भित्रिने सबैले अनिवार्य रुपमा कम्तिमा दुई सातासम्म होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । गृहमन्त्रालयले आज एक परिपत्र जारी गरेर काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनलाई कडाईका साथ यो व्यवस्था लागु गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय लकडाउन खुकुलो भएसँगै विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेहरुको संख्या ह्वात्तै बढेको छ र घरबेटीले कोरोना परीक्षणको रिपोर्ट नदेखाएसम्म घरमा छिर्न नदिएकोले टेकुमा कोरोना परीक्षण गराउनेहरुको ठूलो भीड लागेकोले गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयको परीक्षण गाईडलाईन्स अनुसार यस्तो परिपत्र जारी गरेको हो । हेरौं गृहको परिपत्र :

FILE PHOTO/REPORTERSNEPAL.COM/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्