Logo

सरकारविरुद्ध राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १० असार । देशमा अलौकिक रुपमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टाइन लगायतका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध ¥याली तथा कोणसभा सम्पन्न गरेको छ । बबरमहलमा भेला भएका राप्रमसंका नेता, कार्यकर्ताहरुले सामाजिक दुरी कायम गर्दै निकालेको विरोध ¥याली नयाँ वानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ती कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रीत भएको बताईन् । मन्त्री क्वाटरमा जीमखाना र राष्ट्रपति कार्यालयमा कोमल गलैंचा विछ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टाइनलाई व्यवस्थीत गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए कुनैपनि महिला क्यारेन्टाइनमै बलत्कारको सिकार हुनुपर्ने थिएन भन्दै पूर्व राज्यमन्त्री शाहीले क्वारेन्टाइनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गरेकी थिईन् ।

सो कोणसभामा राप्रमसंका नेतृहरु मिना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङतान लगायतले सम्बोधन गरेका थिए ।  विरोध ¥यालीमा सहभागि महिलाहरुले महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गर, लकडाउनमा भएको महिला हिंसा वृद्धिको अन्त्य गर, क्वारेन्टाइनमा बलात्कृत भएकी महिलालाई क्ष्तिपूर्तिको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, पिसिआर परि०ाणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर, क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्था गर लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्