काठमाडौं, १० असार । रुकुमपश्चिम घट्नाको विरोधमा देशैभरि विरोध तथा प्रदर्शन भैरहेको छ । आज (बुधबार) काठमाडौंमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र दलित नागरिक समाजले रुकुमपश्चिमको सोती नरसंहार, रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सवैलाका २३ वर्षीया शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गर्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना र तथा प्रदर्शन गरेका थिए ।
उनीहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पनि बुझाउने तयारी गरेका थिए । तर, प्रहरीले चार पाँच जना सांसदसहित प्रदर्शनमा उत्रिएका करिब एक दर्जनलाई गिरफ्तार गरेको छ । उनीहरुलाई अहिले प्रदर्शनमार्गस्थित् पुलिस क्लबमा राखिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । PHOTO/MUKUNDA KALIKOTE-ReportersNepal
दोस्रो चरणअन्तर्गत आगामी संघर्षका कार्यक्रमहरुः
जाजरकोट–रुकुम पश्चिम सोती नरसंहार, रुपन्देही–अंगिरा पासी, धनुषा–शम्भु सदा लगायत बर्बरतापूर्ण घटनाविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा संचालन गरिने विरोध कार्यक्रमका स्वरुप सम्बन्धी दोश्रो चरणको कार्यक्रमहरुः
१. असार ८ पत्रकार सम्मेलन रिपोटर्स क्लब
२. असार ८–१२ मथि उल्लेखित घटनाका सम्बधमा राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने ।
३ असार ९ माथी उल्लेखित घटनाका विरुद्ध माईतीघर मण्डला देखि सिठ्ठी जुलुस गदै बानेश्वर सम्म पुगेर कोणसभा गर्ने ।
४ असार १० माथी उल्लेखित घटना समाबेस गरेर समाननीय प्रधानमन्त्रीलाई ज्ञापान–पत्र बुझाउने र एक घण्टा शान्तिपुर्ण धर्ना दिने । बालुवाटार÷ दिउसो २ बजे ।
५. असार ११ माथी उल्लेखित घटनाका विरुद्ध माईतीघर मण्डला देखि लालटिन सहित ¥याली÷जुलुस गदै बानेश्वरमा कोणसभा गर्ने ।
६ असार १२ माथी उल्लेखित घटनाका विरुद्ध राजनीतिक दलका शिर्ष नेतृत्व सहितको सडक बहस कार्यक्रम गर्ने । बानेश्वर÷दिउसो २ बजे ।
७. असार १३ माथी उल्लेखित घटनाका विरुद्ध मशालजुलुस गर्ने ।
८. असार १४ बृहत जनप्रर्दशन एवं सभा गर्ने ।
९. असार १५ तेसो चरणको कार्यक्रमबारे छलफल बैठक गर्ने ।
राजनीतिक दलित संघर्ष समितिका संघ/संगठनहरु :
१. नेपाल दलित संघ १. दलित नागरिक समाज
२. समाजवादी दलित मुक्ति महासंघ
३. दलित मुक्ति मोर्चा नेपाल
४. नेपाल दलित मुक्ति मोर्चा
५. जातीय समता समाज
६. साझा सामाजिक न्याय विभाग
७. जात व्यवस्था उन्मूलन मोर्चा–नेपाल
८. राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन
९. नेपाल राष्ट्रिय दलित केन्द्र
१०. संघीय दलित शिल्पी मञ्च
११. राष्ट्रिय दलित मोर्चा
१२. संयुक्त दलित अधिकार मंच–नेपाल
१३. विभेद मुक्ति प्रगतिशिल समाज
१४. नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा